विकास र राजनीतिलाई सँगै लैजानुपर्छ : वरिष्ठ नेता पौडेल
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगै लैजानुपर्ने बताएका छन्। तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले विकासलाई केवल नारामा सीमित नगरी राजनीतिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
“राजनीति र विकाससँगै लैजान सके मात्र जनताको समस्या समाधान गर्न सकिन्छ, जनताको सेवा गर्नका लागि नै हामीले राजनीति गरेका हाैँ”, पौडेलले भने। उनले जनताको हरेक समस्या समाधानका लागि जनप्रतिनिधि सदैव प्रतिबद्ध हुनुपर्ने बताए । चौतर्फी विकास अहिलेको आवश्यकता रहेको बताउँदै पौडेलले विकासका लागि इच्छाशक्ति र समर्पण आवश्यक रहेको औल्याए। “जनप्रतिनिधिमा विकास दृष्टि चाहिन्छ, म पनि पहिल्यैदेखि विकासका लागि परेको छु र सदैव लागिरहनेछु”, उनले भने ।
सो अवसरमा वरिष्ठ नेता पौडेलले नेपालको विकासका लागि एमसिसी आवश्यक रहेकाले यसलाई पारित गर्नुपर्ने बताए । एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया