एमसीसी पारित गर्न खोजियो भने प्रतिवाद गर्ने माओवादीको चेतावनी

जनकपुरधाम – एमसीसीविना परिमार्जनको संसदबाट पारित गर्न खोजियाे भने प्रतिवाद गर्ने नेकपा माओवादी केन्द्रका मधेश प्रदेश समितिले चेतावनी दिएको छ ।
शनिबार जनकपुरधाममा माओवादी केन्द्र मधेश प्रदेश समितिले बैठक पश्चात एक प्रेस विज्ञप्ति जारी गरी बिना परिमार्जनको एमसीसी स्वीकार गर्नु वा संसदबाट पारित गराउन भनेको राष्ट्रघात हुने भएकोले यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ ।
बैठकको निर्णयबारे जानकारी गराउन जारी गरिएको सो विज्ञप्तिमा एमसीसी राष्ट्रिय हित विपरीत र सार्वभौम सत्ताको विरुद्धमा भएकोले विभिन्न राजनीतिक पार्टीसँग छलफल गरी यसलाई संसदबाट असफल बनाउने हाम्रो पार्टी प्रयत्नशील रहने उल्लेख छ ।
“डलर होइन स्वाभिमान रोजौं” भन्दै संसदबाट एमसीसी पारित गर्ने कार्यविरुद्ध सशक्त प्रतिवाद गर्दै संघर्ष उत्रन माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकी र सचिव योगकुमार बरबरिया यादवद्वारा संयूक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमार्फत अपिल गरिएको छ ।
सो बैठकबाट फागुन २५ गते प्रदेश समिति गठनको घोषणा गर्ने निर्णयसमेत भएकाे छ । त्यस्तै अगामी स्थानीयतहको निर्वाचनलाई ध्यान दिँदै संगठन सुदृढीकरणको काममा योजनाबद्ध रुपमा लाग्ने निर्णय भएकोसमेत जनाइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया