एमालेलाई पनि एमसीसीमाथिको छलफलमा सहभागी गराउनु पर्छः लीलादेवी सिटौला

काठमाडौं – जसपा सांसद लीलादेवी सिटौलाले एमसीसीमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि सहभागी गराउनुपर्ने बताएकी छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई राष्ट्रिय विषयमा छलफलका लागि संवाद गरी सहभागी गराउनुपर्ने बताइन् ।
प्रमुख दलका शीर्ष नेताहरूले जतिबेला एमसीसी ल्याउन छलफल गरे, त्यसबेला किन राम्ररी अध्ययन नगरेको भन्दै आक्रोश पोखिन् । उनले एमसीसी सम्झौता अनुमोदन गर्दा नेपालको परराष्ट्र नीति नै परिवर्तन हुने दाबी पनि गरिन् ।
सिटौलाले एमसीसी अनुमोदन भएपछि नेपालले अब कसरी असंलग्न परराष्ट्र नीतिको पक्षमा वकालत गर्छ भन्दै प्रश्न गरिन् । उनले व्याख्यात्मक घोषणाको थप व्याख्या गर्नुपर्ने उल्लेख पनि गरिन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया