आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

नेपालसँगको मित्रतालाई महत्व दिए अमेरिकाले व्याख्यात्मक प्रस्तावलाई स्वीकार गर्छ : कार्की

काठमाडौं –  नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्र कार्कीले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावलाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । 

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको छलफलमा भाग लिँदै उनले सदनमा महत्वपूर्ण कुरा प्रतिपक्षबिना अघि बढाउनु दुखद् भएको बताए । 

उनले एमसीसीमाथिको नेपालको व्याख्यालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताए । 

अमेरिकाले नेपालसँगको मित्रतालाई महत्व दिए यसलाई स्वीकार गर्ने बताए । मान्यता नदिए कसैको केही नलाग्ने उनको भनाइ थियो ।