एमसीसी पारितको दिन हात हतियारसहित प्रदर्शन [फोटो फिचर]

काठमाडौँ : एमसीसी संसद्बाट पारित हुने दिन प्रदर्शनकारीले हात हतियारसहित प्रदर्शन गरेका छन् । हँसिया, हथौडा र फलामको रडसहित प्रदर्शनकारीले नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले हँसिया र हथौडासहित प्रहरीमाथि आक्रमणमा उत्रिएका थिए ।
प्रदर्शनकारीले बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपनि झपड समेत भएको थियो । सो क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।
प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेपछि उनीहरुले हँसिया र हथौडा समात्दै प्रहरीको काँडेतार नाघ्न थालेका थिए । सो क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।
संसद्मा एमसीसी टेबल भइसकेदेखि नै थालिएको एमसीसी विरुद्धको प्रदर्शनलाई राप्रपा र माओवादीका भ्रातृ संगठन लगायतले आइतबार पनि निरन्तरता दिएका थिए ।
अरु दिनभन्दा आइतबारको प्रदर्शनमा उनीहरु उग्र भएर उत्रिएका थिए ।

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया