माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी

धनगढी - नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी 'सन्तोष'लाई हराएका हुन् ।
चाैधरी राष्ट्रियसभा सदस्य पनि हुन् । कुल २१० मत खसेकाेमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् ।
उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर विजयी भएका छन् । त्यस्तै सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने सहसचिव नन्दबहादुर साउँद 'राजेन्द्र' रामबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भए ।
कोषाध्यक्षमा कमलकुमारी शाह (शाही) विजयी भएकी छन् । माओवादी केन्द्र सुदूरपश्चिमले अधिवेशन उद्घाटनकाे तीन महिनापछि निर्वाचनबाट नयाँ नेतृत्व पाएकाे हाे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया