आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

एकीकृत समाजवादीका अध्यक्ष नेपालकाे पत्रकार सम्मेलन

काठमाडाैं - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसाे २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे एकीकृत समाजवादीले जनाएकाे छ । समसामयिक विषयमा पार्टीकाे धारणा सार्वजनिक गरिने जनाइएकाे छ ।