टिकटकले बढायो भिडियाे अपलोडको समय

काठमाडौँ - लोकप्रिय छोटो भिडियाे प्लेटफर्म टिकटकले भिडियाे अपलोडको समय बढाएको छ । पछिल्लो समय ५ मिनेट बनाएको टिकटकले यसलाई लम्बाएर १० मिनेट बनाउन लागेको हो ।
सुरुवातको समयमा १५ सेकेन्डबाट सुरु गरेको टिकटकले यसको समय बढाउँदै १० मिनेट बनाएको छ । १० मिनेट सम्म अपलोड गर्न मिल्ने बनाएको कतिपय प्रयोगकर्ताको लागि नोटिफिकेसन प्राप्त भैसककेको 'द भर्ज'ले जनाएको छ । १० मिनेट भिडियाेको लेन्थ लम्बाएपछि यसले विश्वभरका क्रिएटरका लागि अझ बढी रचनात्मक भिडियाे अपलोड हुने टिकटकले जनाएको छ । टिकटकले भिडियाेको लम्बाई क्रमश बढाउँदै लगेपछि यसले अर्को गुगल स्वामित्वमा रहेको युट्युबलाई यसले चुनौती दिएको छ ।
पछिल्लो समय प्रयोगकर्ताको कन्टेन्टमा जोड दिँदै आएको टिकटकले अन्य भिडियाे शेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न लामो भिडियाे अपलोड गर्न सकिने फिचर ल्याएको बताइएको छ । युट्युवभन्दा छोटो भिडियो पनि सफल हुन्छ भन्ने टिकटकले नै प्रमाणित गरिदिएको छ ।
'हामी प्रयोगकर्तालाई कसरी हुन्छ नयाँ फिचर दिन सकिन्छ भन्ने विषयमा अध्यययन गर्दै छौँ । गत वर्ष नै हामीले लामो समयसम्म अपलोड गर्न सकिने फिचर टिकटकमा ल्याएका थियौँ । यसलाई अब १० मिनेटसम्म अपलोड गर्न मिल्ने फिचर सार्वजनिक गरेका छौँ । यसले क्रियटर अझ क्रियटिभ हुन मद्दत गर्ने हामीले विश्वास लिएका छौँ ।' टिकटकको जारी गरेको विज्ञप्तिमा भनेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया