कांग्रेस मकवानपुरको सभापतिमा लामा
मकवानपुर – नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशन अन्तर्गत मकवानपुर जिल्ला अधिवेशनबाट निर्वाचित भएका उनलाई निर्वाचन अधिकृत गोपीशर्मा सुवेदीले आज प्रमाणपत्र हस्तान्तरण गरे ।
सोमबार सम्पन्न अधिवेशनमा लामासँग आनन्दराम पराजुली र जयराम लामिछाने चुनावी प्रतिस्पर्धामा थिए । तीनै जनाले ५१ प्रतिशत मत प्राप्त गर्न सफल नभएपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच चुनावी प्रतिस्पर्धा गर्ने कांग्रेसको प्रावधान रहेको छ, तर निकटतम प्रतिस्पर्धी पराजुलीले लामाकै बढी मत आएको भन्दै हार्दिकता देखाएपछि लामा दोस्रो चरणमा निर्विरोध भएका हुन् ।
नवनिर्वाचित सभापति लामाले कांग्रेस लोकतान्त्रिक विधि पद्दतिमाथि आधारित पार्टी भएकोले नेतृत्वले सबैलाई समेटेर अघि बढ्ने प्रष्ट पारे । पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले नवनिर्वाचित सभापति लामालाई बधाई ज्ञापन गर्दै आसन्न स्थानीय तह निर्वाचन लक्षित गतिविधि गर्न निर्देशन दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया