राजसंस्थाकाे पुनर्स्थापना राप्रपा नेपालको कार्यनीति होइन- कमला थापा
काठमाडौँ - राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाएका हुन् ।
उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए । धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाई थियो ।
उनले भने, ‘राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान सदैव रहनेछ । नेपालको एकीकरणमा, प्रजातन्त्रको स्थापनामा, राष्ट्रियताको सुदृढीकरणमा र आधुनिकीकरणमा राजसंस्थाले पु¥याएको योगदानको उच्च प्रसंशा गर्दछौं । अहिलेको परिवर्तित सन्दर्भमा हाम्रो मुख्य मान्यता भनेको हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुनेछ । राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान रहनेछ । तर राजसंस्था पुनर्स्थापना हाम्रो कार्यनीति अहिले हुँदैन । धर्म निरपेक्षताको खारेजी र संघीयताको परिमार्जनमा पार्टीले जोड दिनेछ ।’
त्यसमा अवसरमा अध्यक्ष थापाले पार्टीमा मनोनीत पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्दै उत्साहका साथ काम गर्न निर्देशन दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया