सुटिङ अगावै अष्ट्रेलियामा बिक्यो आर्यन र उपासनाको 'डिसेम्बर फल्स'

काठमाडौं : चलचित्र 'डिसेम्बर फल्स'को युट्युब र अष्ट्रेलिया अधिकार बिक्री भएको छ । यो चलचित्रको युट्युब र अष्ट्रेलिया प्रदर्शनको अधिकार नेप आर्ट युट्युब डिजिटल र एजुकेसन एन्ड माइग्रेसन कर्नरले खरिद गरेको हो ।
लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्द एजुकेसन एन्ड माइग्रेसन कर्नरले यस अघि पनि अष्ट्रेलियामा विभिन्न चलचित्रहरूको प्रदर्शन र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। चलचित्र 'डिसेम्बर फल्स'का टिजर,गीत,प्रमो र चलचित्र अब दर्शकहरूले नेप आर्ट यूटुब च्यानलमा हेर्न पाउंनेछन् भने चलचित्र नेपाल र अष्ट्रेलियाका विभिन्न सहरमा एकसाथ रिलिज हुने भएको छ।
चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सलोन बस्नेत,शिवहरि पौडेल, दयाराम दाहाल र नरेश भट्टराई लगायतको अभिनय रहने छ । चलचित्रकी अभिनेत्री उपासना सिंह ठकुरीलाई एजुकेसन एन्ड माइग्रेसन कर्नरकी ब्रान्ड एम्बेस्डर पनि हुन । ‘चलचित्रका कलाकारहरूको वजनदार उपस्थिति र दर्शकप्रिय कलाकारहरूको जमघटको आधारमा चलचित्र डिसेम्बर फल्स खरीद गरेका हौं' एजुकेसन एन्ड माइग्रेसन कर्नरका प्रमुख सुनील उप्रेतीले भने । उप्रेतीले चलचित्रकी नायिका उपासना सिंह ठकुरी आफ्नो सस्थाको ब्राण्ड एम्बेस्डर भएको नाताले पनि चलचित्र खरिद गर्न आफू इच्छुक रहनुको कारण बताए ।
प्रेम कथामाथि आधारित यो चलचित्रलाई प्रविन झाले निर्देशन गर्ने छन भने छायाकार महेश आर गुप्ता हुन । यी दुबै भारतीय चलचित्रमा काम गरि सकेका प्राविधिक हुन । लक्ष्मण रिजाल कार्यकारी निर्माता हुन भने रामप्रसाद रिजाल र राजकुमार भट्ट चलचित्रका निर्माता हुन ।

नयाँ वर्षमा त्रिसारा आफ्नो ब्याण्ड लिएर अष्ट्रेलियाको चार सहर घुम्दै

अदालतले जारी गर्यो मलाइकामाथि जमानत वारेन्ट

जब हुनेवाला ससुरा आफ्नो पुर्व प्रेमी परे पछि

शाहरूखको नयाँ अपार्टमेन्टको भाडा ८.६ करोड, छिमेकीमा अमिर खान

एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलयालम फिल्म

हेमन्त शिशिरको 'बन्द कोठाको झ्याल' सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान

‘अञ्जिला’को गीत ‘यो देशको झण्डा’ सार्वजनिक, निर्देशकले चाम्सले मागे ‘स्पोर्ट्स ए…

प्रतिक्रिया