दुर्घटनामा एकको मृत्यु

सप्तरी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका-८ गिरधारी राइस मिल अगाडि आइतबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ज २४५२ नम्बरको सुमो गिरधारी राइस मिल अगाडि रोकी राखेको स१त २५१२ नम्बरको ट्र्याक्टरमा ठोक्किएको थियो ।
सो दुर्घटनामा परी सुमोको पछाडि सवार झापा जिल्लाको शिवसताक्षी नगरपालिका-११ डुरामणि बस्ने २५ वर्षीय रुपेश लिम्बूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते भएका लिम्बूको उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा घाइते भएका सुमो चालक पाँचथर जिल्ला फिदिम नगरपालिका-३ बस्ने ३४ वर्षीय टेकबहादुर दर्जीको उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज सप्तरी पठाइएको छ । सुमोमा सवार अर्का झापाकै गौरादह नगरपालिका-४ बस्ने ३६ वर्षीय जितबहादुर श्रेष्ठको दाहिने हात भाँचिएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

चोरीको अल्टो कार बरामद, १२ जना प्रतिवादी पक्राउ

जसपा नेपाल रौतहटमा राजिव रञ्जनको प्यानल निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेश प्रदेशको नेतृत्वमा रुद्रसेन निर्वाच…

महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह

ट्रयाक्टरले मोटरसाइकललाई दियो ठक्कर : श्रीमतीको निधन, श्रीमान घाइते

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

बारामा चट्याङले आगलागी, २० लाखको कुखुरा फार्म ध्वस्त

प्रतिक्रिया