प्रतिनिधिसभा विघटनविरुध्द सुनुवाइ सुरु, १८८ अधिवक्ताको वकालतनामा

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुध्दको मुद्दामा आजको सुनुवाइ सुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सर्वाेच्चमा दायर भएको रिटमाथि संवैधानिक इजलासमा नियमित सुनुवाइ अन्तरगत आजको सुनुवाइ सुरु भएको हो ।
सर्वाेच्चमा आइतबारदेखि निरन्तर सुनुवाइ जारी छ। आइतबार संविधानविद् भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । आज पनि रिट निवदेकका तर्फबाट अधिवक्ताहरूले बहस गर्नेछन्। अहिले अधिवक्ता दिनमणि पोखरेलले बहस गरिरहेका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुध्द १३ रिट विचाराधिन छन् ।
सर्वाेच्च अदालतका अनुसार प्रतिनिधिसभा विघटनविरुध्द रिट निवेदकहरूको तर्फबाट बहसका लागि १८८ अधिवक्ताले वकालतनामा भरेका छन् ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया