प्रतिनिधि सभा विघटनविरुध्दको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुध्दको मुध्दामाथि मंगलबार पनि सुनुवाइ हुँदैछ । आइतबारदेखि संवैधानिक इजलासमा शुरु भएको मुध्दामा आज मंगलबार पनि सुनुवाई हुन लागेको हो ।
यसअघि सोमबार अधिवक्ता दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरले बहस गरेका थिए । बहसमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउन प्रतिनिधि सभा विघटन गरेको जिकिर गरेका थिए । पदका लागि व्यवस्था मास्न नमिल्ने भन्दै अधिवक्ताहरुले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको बताएका थिए ।
त्यसअघि आइतबार अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिल पोखरेल, बद्री भट्ट र सन्तोष भण्डारीले बहस गरेका थिए । प्रतिनिधि सभा विघटनविरुध्दको मुध्दामा साढे तीन सय वकिलले बहसका लागि नाम टिपाएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए । रिट दर्ता भएको एक महिनामा यस मुद्दाको सुनुवाई संवैधानिक इजलासमा गर्ने कि वृह्तपूर्ण इजलासमा गर्ने भन्ने बहस भएको थियो ।
गएको शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले संवैधानिक इजलासमै बहस गर्ने आदेश दिएका थिए ।

‘प्रांगारिक प्रदेश’ बनाउने योजनासहित लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

प्रतिक्रिया