केपी ओलीको सिफारिसमा राजतन्त्रकाे भाषा ह्वास्सै गन्हायो : पुष्पकमल दाहाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले राजसंस्था पुनःस्थापनाको सुरुवात गरेको आरोप लगाएका छन् । आज (मंगलबार) काठमाडौंमा आफू निकट पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रपतिसँग मिलेर प्रधानमन्त्रीले राजसंस्था पुनःस्थापना गर्न लागेको बताएका हुन् ।
उनले प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको र यसको पुनःस्थापना हरहालतमा गरेरै छोड्नु पर्ने पनि बताए ।
‘प्रधानमन्त्रीले सिफारिस गरेको भाषामा दुर्गन्ध आउने गरी राजाकै भाषा गन्हाएको छ, देशलाई निरंकुशतर्फ धकेल्ने काम भयो,’ दाहालले भने, ‘देशलाई अराजगकता तर्फ लैजान खोज्नेलाई हरमूल्यमा रोक्नु छ। त्यसको निम्ति जस्तो सुकै त्याग गर्न सक्नुपर्दछ ।’
दाहालले पुस ५ गते मन्त्रिपरिषदबाट प्रधानमन्त्री ओलीले संसद् विघटनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस पत्रको प्रसंग उठाएका थिए । उनले संविधान कुल्चेर प्रतिनिधि सभा विघटन गरेपछि आफूभित्र आवेग र आक्रोश पैदा भएको पनि बताए ।

प्रचण्ड र नेपालबी भेटवार्ता

प्रतिनिधिसभा बैठक बस्दै

एकीकृत समाजवादीद्वारा माधव नेपालको मुद्दामा प्रतिरक्षाका लागि कार्यदल गठन
अनेरास्ववियुको महाधिवेशन : आज मतदान

पार्टीमा एकता कायम नभएमा सुदूरपश्चिममा एमाले शून्य हुने लेखराजको चेतावनी

संसदको अवरोध हटाउने माओवादीको दुई बुँदे ड्राफ्ट : एमालेको सहमति, रास्वपाको …

सरकार जिम्मेवारपूर्वक प्रस्तुत भए सदनको गतिरोध अन्त्य हुन्छ : वर्षमान पुन

प्रतिक्रिया