निवर्तमान अमेरिकी विदेश मन्त्री पोम्पियो सहित २८ अमेरिकी अधिकारीमाथि चिनियाँ प्रतिबन्ध

काठमाडौँ : चीनले अमेरिकाका निवर्तमान विदेश मन्त्री माइक पोम्पियो र अन्य २७ उच्च अधिकारीहरू माथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । चिनियाँहरूका बारेमा घृणा फैल्याउने काम गरेकाले उनीहरूमाथि प्रतिबन्ध लगाइएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडन ह्वाइटहाउस प्रवेश गर्दैगर्दा चीन सरकारले त्यस्तो निर्णय लिएको हो । अमेरिकी विदेश मन्त्रालय सम्हाल्दा चीनकाविरुद्ध लगातार अभिव्यक्ति दिएका पोम्पियोले आफ्नो कार्यकालको अन्तिम दिन पनि चीन सरकारले उइगुर मुस्लिममाथि नरसंहार गरेको आरोप लगाएका थिए ।
पोम्पियोसँग मात्रै होइन डोनाल्ड ट्रम्पसँग पनि आक्रोशित रहेको चीनले बिहीबार विज्ञप्ती जारी गर्दै पोम्पियो लगायतका अमेरिकी अधिकारीहरूले पछिल्ला वर्षमा लगातार आफ्नो मुलुक र जनतालाई अपमानित गर्ने अभिब्यक्ति दिने र कदम चालेकाे आरोप लगाएको छ । ‘चिनियाँ सरकार आफ्नो सार्वभौमिकताको रक्षाका साथै राष्ट्रि सुरक्षा र आर्थिक विकासका लागि प्रतिबद्ध छ । चीनलाई अवरोध गर्ने २८ अमेरिकीलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको छ,’ चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तीमा भनिएको छ ।
पोम्पियो बाहेक चिनियाँ प्रतिबन्धमा पर्ने ट्रम्प प्रशासनका अन्य अधिकारीहरूमा ब्यापार प्रतिनिधी पिटर नाभारो, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्राइन र जोन बोल्टन, स्वास्थ्य सचिव एलेक्स अजर, संयुक्त राष्ट्रसंघका लागि राजदुत केल्ली क्राफ्ट लगायतका छन् । प्रतिबन्धमा परेका अमेरिकी अधिकारीहरू र उनीहरूका परिवारका अन्य सदस्यहरूले चीन, हङकङ र मकाउ प्रवेश गर्न पाउने छैनन् ।

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

अफगानिस्तानमा अमेरिकाले छाडेका लाखौं हतियार आतंकवादीका हातमा

ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उड्न सकेनन् लडाकु विमान

बौद्ध अवशेषको दुर्लभ प्रदर्शनका लागि श्रीलङ्कालीहरू क्यान्डीमा भेला
किभलाई ९०९ युक्रेनी सैनिकको शव प्राप्त

प्रतिक्रिया