प्रतिनिधि सभा पुनःस्थापना नभए तेस्रो जनआन्दोलन : भट्टराई

बुटवल : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सच्च्याउन तेस्रो आन्दोलनका लागि तयार हुनु पर्ने बताएका छन् । उनले संविधान नमान्ने केपी ओलीको कदमका विरुद्ध सम्युक्त आन्दोलन गर्नु पर्नेमा जोड दिए ।
बुटवलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भने- 'यो कदम अलोकतान्त्रिक र असंवैधानिक छ, यसलाई सहि ठाउँमा नल्याएसम्म आन्दोलन जारी हुन्छ । सबै सेटिङमै चल्ने अवस्था हो भने तेस्रो जनआन्दोलनका लागि तयारी गरौं ।'
उनले जनआन्दोलनको बलमा प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्नेमाजोड समेत दिए । 'प्रतिनिधि सभा विघटनको गल्तीलाई सच्याउने सजिलो बाटो सर्वोच्चको फैसला हो,' भट्टराईले भने, 'नभए दोस्रो जनआन्दोलन भन्दा पनि उच्चस्तरको तेस्रो जनआन्दोलनको खाँचो छ । त्यसले मात्रै प्रतिनिधि सभा पुनःस्थापना गर्नसक्छ ।'
ओली समूह र कमल थापाको पार्टीबाहेकका सबै राजनीतिक शक्ति एक भएर संयुक्त जनआन्दोलन उठाउनुपर्ने भट्टराईको धारणा छ । नेपाली कांग्रेसको अनिच्छा र नेकपा विभाजनको औपचारिक टुंगो नलागेकाले संयुक्त आन्दोलनमा ढिलाइ भइरहेको भट्टराईले खुलासा गरे ।
पत्रकारको प्रश्नमा भट्टराईले प्रतिनिधि सभा पुनःस्थापना नभएसम्म आफ्नो पार्टी प्रदेश सरकारमा पनि सहभागी नहुने बताए । 'मृत्यु संस्कारमा भोजभतेर र दक्षिणाको कुरा नगरौं,' भट्टराईले भने । भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवासमेत गरे ।
व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुनःस्थापना नभई चुनाव हुन नसक्ने उनले दावी गरे । संवैधानिक निकाय, सुरक्षालगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ गरेर ओलीले प्रतिनिधि सभा विघटन गरेको भट्टराईको विश्लेषण छ ।
असंवैधानिक तरिकाले गरिएको प्रतिनिधि सभा विघटनले मुलुक दुर्घटनामा धकेलिएको र देशमा विदेशी हस्तक्षेप बढ्ने खतरा औंल्याउँदै भट्टराईले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर दुर्घटनाबाट बचाउनुपर्ने बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया