मृगलाई ताकेर हानेको गोली लागेर बालकको मृत्यु

बुटवल : पाल्पामा शिकार खेल्न जंगल गएका युवाहरूले मृग मार्न पड्काएको गोली लागेर एक बालकको ज्यान गएको छ । मृगलाई ताकेर हानेको भरूवा बन्दुकको छर्राले लागेर बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको रिब्दीकोट गाउँपालिका–८ दानसिङडाँडाका १३ वर्षीय लक्ष्मण छहारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए । शिकार खेल्न सामुदायकि वनमा पुगेका बेला राति ९ बजे उनलाई छर्राले लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
शिकार खेल्न गएका अन्य तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रैनादेवी छहरा गाउँपालिका–४ भर्माटुङ बस्ने १७ वर्षीय ज्ञानबहादुर गाहा, १४ वर्षीय कमल राना, रिब्दीकोट गाउँपालिका–८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई नियन्त्रणमा लिएको उनले बताए । घटनामा प्रयोग भएको बन्दुक बरामदगरी घटनाबारे अनुसन्धान गरिरहेको पाल्पा प्रहरीले जनाएको छ ।

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

घोराही कारागारमा बायोग्यास

प्रतिक्रिया