मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ । अविश्वास प्रस्तावका हस्ताक्षरकर्ता अरुण नेपालले आजको प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् । ‘आजको प्रदेश सभामा अविश्वासको प्रस्तावमात्रै पेश भयो,’ बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले भने, ‘अविश्वासका प्रस्तावका एक नम्बर हस्ताक्षरकर्ता अरुण नेपालले प्रस्ताव पेश गर्नु भयो । प्रदेश सभाको अबको बैठक १९ गते बस्छ ।’
सत्तारुढ नेकपा केन्द्रमा विभाजित भएपछि प्रदेशमा पनि त्यसको असर देखिएको हो । नेकपाको दाहाल-नेपाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । ११० जना सदस्य रहेको बागमती प्रदेशस सभामा अविश्वासको प्रस्ताव पारित हुन ५६ जना सदस्यले पक्षमा मतदान गर्नुपर्नेछ ।
मुख्यमन्त्री पौडेल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षका नेता हुन् । अविश्वासको प्रस्ताव पारित गराउन वा मुख्यमन्त्रीले विश्वासको मत लिन प्रमुख विपक्षी कांग्रेसको भूमिका महत्वपूर्ण देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश सभाको विषयमा पार्टी भित्र छलफल सुरू गरेका छन् ।

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि
४७ व्यापारीविरुद्ध मुद्दा दायर
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
अब सुकाजोरबासीलाई गाउँमै खानेपानी

रामेछापमा फौजी कीराको प्रकोप

काभ्रे बाढी पहिरो : अस्थायी आवास बनाउन ८ महिनापछि पहिलो किस्ताको अनुदान पठ…

प्रतिक्रिया