'प्रतिनिधि सभा कुहिएको अण्डा होइन कमलपोखरीमा फ्याँक्नलाई'

काठमाडौं : संविधान अनुसार पाँच वर्ष कार्यकाल रहेको प्रतिनिधि सभा प्रधानमन्त्रीले चाहँदैमा विघटन नहुने कानुन व्यवसायीले बताएका छन् । सर्वोच्चको संवैधानिक इजलासमा शुक्रबार बहस गरेका अधिवक्ता शालिकराम सापकोटाले पाँच वर्ष कार्यकाल रहेको प्रतिनिधि सभा प्रधानमन्त्री र राष्ट्रपतिले चाहँदैमा विघटन नहुने जिकिर गरेका हुन् ।
कुहिएको पाउरोटी र अण्डालाई कमलपोखरीमा फालेजस्तो गरी संविधान कुल्चेर प्रतिनिधि सभा विघटन गर्न नमिल्ने सापकोटाले बताए । यस्तै वरिष्ठ अधिवक्ता नरहरी आचार्यले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए ।
अधिवक्ता सुलोचना धितालले संविधान, संघीयता र गणतन्त्र जोगाउन प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको बताइन् । शुक्रबारको सुनुवाइमा खाजा समयअघि अधिवक्ता कोपिलप्रसाद अधिकारी, जनक सावद, शैलेन्द्र दाहाल र सुलोचना धितालले पनि बहस गरेका छन् ।

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिक्रिया