रनवीर कपुरको श्रीमति बन्दै परिनीति

मुम्बई : परिनीति चोपडा पछिल्लो समय एउटा भरपर्दो हिट फिल्मको खोजीमा छिन् । भर्खरै उनको ‘गर्ल इन दि टे«न’को टिजर आएको छ र यसमा उनले धेरथोर तारिफ पनि पाएकी छिन् । तर, यो फिल्म हलमा नभई नेटफ्लिक्समा रिलिज हुँदैछ ।
नेटफ्लिक्समा रिलिज भएको फिल्म हिटै भए पनि कलाकारलाई उति फाइदा हुन्न जति हलमा रिलिज हुँदा हुन्छ । तर, यही बीच परिनीतिले रनवीर कपुरको अपोजिटमा महत्वपूर्ण फिल्म हात पारेको खबर छ । ‘कबीर सिंह’ निर्देशक सन्दीप रेडी भांगाको नयाँ फिल्ममा परिनीतिले रनवीरको श्रीमतिको भूमिका निर्वाह गर्नेछिन् ।
‘एनिमल’ नाममा बन्न लागेको यो फिल्ममा रनवीर गैंगस्टर बनेका छन् भने अनिल कपुरका रनवीरको बुबा ।
बबी देवल फिल्ममा भिलेनको भूमिका हुनेछन् ।फिल्मको अहिले दुबईमा सुटिङ भइरहेको छ । परिनीति यसअघि फिल्म ‘केसरी’मा अक्षयकुमारको श्रीमति बनेकी थिइन् । फिल्म बक्स अफिसमा हिट पनि भएको थियो । तर, परिनीतिले यसको क्रेडिट पाएकी थिइनन् । अब चाहिँ केही हुन्छ कि ?

नयाँ वर्षमा त्रिसारा आफ्नो ब्याण्ड लिएर अष्ट्रेलियाको चार सहर घुम्दै

अदालतले जारी गर्यो मलाइकामाथि जमानत वारेन्ट

जब हुनेवाला ससुरा आफ्नो पुर्व प्रेमी परे पछि

शाहरूखको नयाँ अपार्टमेन्टको भाडा ८.६ करोड, छिमेकीमा अमिर खान

एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलयालम फिल्म

हेमन्त शिशिरको 'बन्द कोठाको झ्याल' सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान

‘अञ्जिला’को गीत ‘यो देशको झण्डा’ सार्वजनिक, निर्देशकले चाम्सले मागे ‘स्पोर्ट्स ए…

प्रतिक्रिया