नयाँ नेतृत्वको नीति बुझाउन अमेरिकी राजदूत बेरी भेटघाटमा व्यस्त

काठमाडौँ : अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकी नीतिबारे सबै राजनीतिक नेतृत्वलाई बुझाउन भेटघाट अघि बढाएका छन् । डोनाल्ड ट्रम्पका कारण अप्ठ्यारोमा परेको बाह्य विश्वसँगको सम्बन्धमा पुनः सक्रिय हातोमालो गर्ने अमेरिकी नीति अनुरूप उनले भेटघाट थालेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर अघि बढेका बेरीले नेकपाको अर्को समुहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाललाई भेटेर अमेरिकी प्राथमिकता सुनाएका हुन् । अमेरिकी प्रशासनले विश्वभर आफ्ना प्रतिनिधिलाई सक्रिय पारेलगत्तै भेटघाटमा राजदूत बेरी अघि बढेका हुन् ।
अमेरिकाले गठबन्धन मुलुकसँगको सम्बन्ध मर्मत गर्दै थप सक्रिय बनाउने र सशक्त रूपमा आफू विश्व राजनीतिमा संलग्न हुने भनिरहेको अवस्थामा सोमबार दाहाललाई भेटेर अमेरिकी प्राथमिकता र चासो स्पष्ट पारेका हुन् ।
ट्रम्प प्रशासनका समयमा आफ्ना धारणा राख्नसमेत समस्यामा परेका अमेरिकी प्रशासकहरू यतिबेला आफ्नो नयाँ नेतृत्वको धारणा व्यक्त गरेका छन् । अमेरिकीहरू लोकतन्त्रमा विश्वास राख्ने मुलुकसँग सहकार्य गर्ने धारणासहित आफ्नो ‘ग्यांगिङ’ अनुरुप नै यो भेटवार्ता भएको हो ।
भेटवारे बेरीले ट्वीट गर्दै भनेका छन्, ‘नयाँ नेतृत्वपछिको अमेरिकी प्राथमिकताबारे जानकारी दिने क्रम जारी छ ।’ आफ्नो मुलुकको प्राथमिकता उनले सबै नेतृत्वलाई सुनाउनेछन् । नयाँ नेतृत्वले ‘क्यापिटोल हिल’मा शपथ खाएको भोलिपल्ट नै बेरीले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी नयाँ राष्ट्रपति जो बाइडनका शीर्ष प्राथमिकताबारे जानकारी गराएका थिए ।
बाइडन प्रशासनले जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड-१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौती भएको भन्दै यी चुनौती सम्बोधन गर्न नेपालसहितका मुलुकहरूको सहकार्यमा जोड दिएको राजदूतले भेटका क्रममा बताएका थिए ।
बाइडन प्रशासनले स्वदेशमा र विश्वभर महिला तथा बालिकाहरूको अधिकारको उत्थानमा केन्द्रित हुनेलगायत मानव अधिकारको नेतृत्व लिने उनले भेटमा बताएका थिए । नयाँ राष्ट्रपतीय प्रशासनको विश्वव्यापी प्राथमिकताहरूबारे उच्चस्तरीय बैठकहरू गरिरहने राजदूत बेरीले बताएका थिए ।
पछिल्लो समयमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा केही बुझाइ कम हुँदा त्यसमा भएका तिता कुराहरूलाई पनि माझ्ने काम नेतृत्वले गरेका छन् । अमेरिकाले नेपाललाई उपलब्ध गराउन लागेको सबैभन्दा ठूलो दुई पक्षीय सहयोगलाई नेपाल सरकारले खासगरी सत्तारुढ दलभित्रको विवादले असहज अवस्थामा पारेको थियो ।
त्यो सहयोगसम्बन्धी विषय अझै यसै रहेको छ । दाहालसहित उनी निकट केही नेताहरूले उक्त सहयोगलाई इन्डो प्यासिफिक रणनीतिको एक पाटोको रूपमा प्रस्तुत गरेका थिए । त्यो सबै पाटोमा अडेर छलफल भए पनि एमसीसीलगायतमा छलफल भए या नभएको विषय बाहिर आएको छैन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया