नागरिक आन्दोलन दबाउने सरकारको तानाशाही चरित्र उदांगियो : सिंह

काठमाडौँ : नागरिक आन्दोलनमा प्रहरीले गरेको हस्तक्षेपप्रति चौतर्फी आलोचना बढिरहेका बेला कांग्रेसका नेता प्रकाशमान सिंहले शान्तिपूर्ण प्रदर्शन समेत दबाउन खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली सरकारको तानाशाही चरित्र उदांगिएको बताएका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध मंगलबार बालुवाटारमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका लेखक, पत्रकार, साहित्यकारमाथि प्रहरीले पानीको फोहरा हानेको थियो । पानीको फोहरासँगै प्रहरीले केही प्रदर्शनकारीमाथि लाठी हानेको थियो ।
‘नागरिक आन्दोलनको आवाज दबाउन गरिएको हस्तक्षेपले केपी ओेली नेतृत्वको वर्तमान सरकारको तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको छ’ नेता सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निहत्था नागरिकमाथि दमन गरेर असंवैधानिक कदमको ढाकछोप गर्ने कुचेष्टाविरूद्ध सबै नागरिकलाई एकताबद्ध हुन र संविधान रक्षाको पक्षमा उभिन पनि आग्रह गर्दछु ।’

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

प्रतिक्रिया