आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

दाहाल-नेपाल समूह आजदेखि माइतीघर धर्नामा

फाइल फोटो

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको दाहाल-नेपाल समूहले आजदेखि माइतीघर मण्डलामा धर्ना सुरु गर्दैछ । तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत दाहाल-नेपाल समूहले आजदेखि एक हप्तासम्म माइतीघरमा धर्ना दिन लागेको हो । धर्नामा संविधानसभा सदस्य, पूर्व सांसद, प्रदेश सांसद लगायतको पनि सहभागिता रहनेछ । 

यसअघि गएको पुस १४ गते अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल माइतीघरमै धर्ना बसेर प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएका थिए । त्यसयता लगातार आन्दोलन गरिरहेको दाहाल नेपाल समूहले बुधबारदेखि माइतीघरमा फेरि धर्ना सुरु गर्न लागेको हो । 

यसअघि मंगलबार काठमाडौँमा सिटी जुलुस गरिएको थियो । दाहाल-नेपाल समूहले माघ २८ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।