आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

'५ विघामा भएको सभालाई सानो देख्‍नेले १३ कट्ठामा गरिएको सभालाई विशाल देख्दो रहेछ'

काठमाडौँ : नेकपा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्‍नो समूह र नेकपा दाहाल-नेपाल समूहको भेलामा दृष्टि दोष रहेको टिप्पणी गरेका छन् । बिहीबार बुटबलमा दाहाल-नेपाल समूहले बुटवलमा गरेको शक्ति प्रदर्शनपछि सामाजिक सञ्‍जालमा लेख्दै दृष्टि दोषको टिप्पणी गरेका हुन् ।

बिहीबार बुटबलमा दाहाल-नेपाल समूहको शक्ति प्रदर्शनमा हजारौँ कार्यकर्ता उतारेको थियो । सोही कार्यक्रम पश्‍चात सामाजिक सञ्‍जालहरूमा बिशाल प्रदर्शन भन्‍दै तस्बिरहरू पोष्ट गर्न थाले । लगत्तै पोखरेलले त्यसको जवाफ सामाजिक सञ्जालबाटै दिए ।

ओली समूहले दाङमा गरेको शक्ति प्रदर्शन सानो देखेको भन्दै दृष्टि दोषको टिप्पणी गरेका हुन् । 'दृष्टि दोष : दाङको ५ विगाहमा सम्पन्‍न जिल्ला सभालाई सानो देख्‍नेले बुटवलको १३ कट्ठामा सम्पन्‍न प्रदेश सभालाई विशाल देख्दो रहेछ' उनले लेखेका छन् ।