स्रोत नखुलेको ३८ लाख रकमसहित पाँच जना पक्राउ

काठमाडौँ : स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ३८ लाख ७ हजार रुपैयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँको २४ थान चेकसहित उनीहरू बिहीबार दिउँसो पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौँ, महानगरपालिका–२२ न्यूरोडबाट हुम्ला सार्केगार्ड गाउँपालिका–१ का नवराज रावत (२७), सञ्जय बुढा (२८), गोपाल रावत (३०), मकवानपुर थाहा नगरपालिका–११ की सानुमाया तामाङ (२७) र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ का भीमसेनबहादुर तमाङ (२७) रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला परेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पति शुद्धिकरण विभाग पुल्चोक पठाइने वृत्तले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया