आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

केपी ओलीले धर्म छोराछोरी पालेर भ्रष्टाचारको पक्षपोषण गरे : दाहाल

काठमाडौँ  :  नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टहरुको पक्षपोषण गरेको आरोप लगाएका छन् ।  शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै दाहालले ७० करो रुपैयाँ भ्रष्टाचार गर्नेलाई ओलीले गरेकै होइन भनेर भनेको बताएका हुन् ।  

‘तपाइँहरु सबैलाई थाहै छ मैले लामो जनयुद्धको र त्यसपछि शान्ति प्रक्रियाको पनि नेतृत्व गरेँ,’ उनले भने, ‘त्यो लामो आन्दोलनमा मेरा छोराछोरी अरु सरह लडे । उनीहरू जनताबाट चुनिए। तर, केपी ओलीले जसरी धर्म छोराछोरी पालेर भ्रष्टाचारको पक्षपोषण गरिनँ। ७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो ?’ 

दाहालले प्रश्न गर्दै भने, ‘देश कोरोनाको महामारीमा परेका बेला त्यसको औषधिमासमेत भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने हो ?’  दाहालले ओलीको खुट्टी कस्तो, कत्रो थाहा पाइसकेको पनि बताए ।  जरुरी परेको खण्डमा प्रतिनिधि सभा बैठक बोलाउने पनि थाहालको भनाइ छ ।  ‘ओलीको खुट्टी कस्तो र कत्रो छ, मैले जानिसकेको छु । त्यसैले अब धेरै फुर्ती नलाए हुन्छ । जरुरी पर्‍यो भने हामी संसद् बैठक बोलाउने छौँ ।’