प्रतिक्रियावादी एजेण्टले संसद् होइन संविधान विघटन गरेको छ : दाहाल

विराटनगर : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली प्रतिक्रियावादी एजेण्ट भएको आरोप लगाएका छन् । आज विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पार्टीभित्र एउटा प्रतिक्रियावादी एजेण्ट घुसेको आरोप लगाए । ‘पार्टी भित्र घुसेको एउटा प्रतिक्रियावादी एजेण्टले संसद् विघटन होइन संविधान विघटन गरेको छ,’ दाहालले भने ।
आवश्यक परे संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने दाबी दाहालले गरेका छन् । तर, अहिले आफुहरू सर्वोच्च अदालतको निर्णयको पर्खाइमा रहेकाे बताए ।
अढाइ सय वर्ष लामो सामन्ती राजतन्त्रको टाउकोबाट श्रीपेच निकालेर भकुण्डो खेलेका शक्तिहरूलाई कमजोर नठान्न दाहालले चेतावनी दिए । ओली बेइमान, ठग र जालीसमेत रहेको उनको आरोप थियो । ओली अहिले दलालहरूसंग लम्परास परी रहेको उनको भनाइ थियो ।
सभालाई सम्बोधन गर्ने क्रममा दाहाल आफ्ना दुइ छोरा छोरी निर्वाचनको समयमा गुमाउनु परेको स्मरण गर्दै भक्कानिएका थिए । उखान-टुक्का भन्न संघर्ष सुरु नगरिएको बताउँदै दाहाले मुलुक गम्भीर संवैधानिक संकटमा परेको बताए । देश कोरोना महामारीले आक्रान्त भएको बेला प्रतिक्रान्तिको प्रयास हुँदै गरेको र त्यसको विपक्षमा जनता सडकमा आएको जिकिर उनले गरे ।

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

प्रतिक्रिया