आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

३ हजार ५१७ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौँः पछिल्लो २४ घण्टामा ३ हजार ५१७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार आज देशभर चार हजार ९६ जना कोभिड संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म एक लाख २८ हजार ९ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा १६ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
त्यस्तै, क्वारेन्टाइनमा बसिरहेका संक्रमितको संख्या दुई हजार ६६६ जना रहेको मन्त्रालयले जनाएको छ ।