धापासीमा छुरा प्रहार गरी युवकको हत्या

काठमाडौँः टोखा नगरपालिका धापासी हाइटस्थित देवी मन्दिर नजिकै छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ । छुरा प्रहारबाट २४ वर्षीय आषिश मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार मगर पेन्टिङको काम गर्थे । उनीमाथि छुरा प्रहार गर्ने दिवस अधिकारी र रवि थापा मगर पक्राउ परेका छन् । अन्य दुई जन फरार रहेको प्रवक्ता राठौरले जानकारी दिए ।
उनीहरुबीच झडप भएको कारण भने खुलिसकेको छैन । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया