६ महिनामा ५ खर्ब राजस्व उठ्ने अनुमान, १४ प्रतिशत वृद्धि सम्भव छ ?

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा (माघ-असार) पाँच खर्ब ९ अर्ब ६१ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान गरेको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा मार्फत बाँकी अविधमा संकलन हुने राजस्वको अनुमान सार्वजनिक गरेको हो ।
पहिलो ६ महिनासम्म आर्थिक क्रियाकलापमा सुधार हुन नसकेका कारण लक्ष्यको तुलनामा कम राजस्व संकलन हुने समीक्षा प्रतिवेदनमा उल्लेख छ । यो आवमा ९ खर्ब ५९ अर्ब ६८ करोड रुपैयाँ मात्रै राजस्व संकलन हुने अनुमान छ । यो वार्षिक अनुमानको ९४.८५ प्रतिशत हो ।
गत आर्थिक वर्षको कुल राजस्व संकलनको तुलनामा १४ प्रतिशत बढी नै राजस्व संकलन हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
१४ प्रतिशत वृद्धि सम्भव छ ?
कोभिड-१९ को प्रभावबाट अर्थतन्त्र अझै प्रभावित भइरहेको अवस्थामा अर्थ मन्त्रालयले भने पोहोरको तुलनामा १४ प्रतिशत राजस्व संकलन हुने अनुमान गरेको छ ।
अर्थले संशोधित लक्ष्य पुरा गर्न सक्ने केही आधार समेत खुलाएको छ । कोभिड-१९ प्रभाव न्यून हुँदै गएको र पैठारीको परिमाण पनि वृद्धि हुँदै गएकोले आयातबाट प्राप्त हुने राजस्वमा सुधार हुने उसको भनाइ छ ।
उद्योग व्यापार र सेवा क्षेत्र क्रमश: सुचारू हुँदा आन्तरिक राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक सरकारको खर्च वृद्धि हुँदै जाँदा माग सिर्जना भई उपभोगमा आधारित कर संकलनमा समेत सकारात्मक प्रभाव पर्ने भनिएको छ ।
राजस्व संकलनको वैकल्पिक कार्ययोजना सहित राजस्व प्रशासन परिचालन हुने हुँदा राजस्व संकलनमा वृद्धि हुनेमा अर्थ मन्त्रालयले जनाएको छ । सरकारले प्रदान गर्ने सेवा क्रमश: सुचारू हुने हुँदा संकुचन हुन गएको गैरकर राजस्वमा सुधार हुने उल्लेख छ । त्यसबाहेक आन्तरिक ऋण बजेटमा अनुमान गरे अनुसार नै परिचालन सक्ने बताइएको छ ।
वैदेशिक सहायतामा ठूलो हिस्सा बजेटरी सहायताको रहेकोले प्राप्त हुने सुनिश्चितता रहेको प्रतिवेदनमा छ । ठूला परियोजनामा परिचालन हुने वैदेशिक सहायता चालु आर्थिक वर्षको बाँकी अवधिमा शोधभर्ना प्राप्त हुने भनिएको छ ।
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया