मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सामाजिक सञ्‍जाल प्रयोग सम्बन्धी निर्देशिका ल्याउने सरकारको तयारी

काठमाडौं : सरकारले सामाजिक सञ्‍जाल प्रयोग सम्बन्धी निर्देशिका-२०७७ ल्याउने तयारी गरेको छ । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा  सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सामाजिक सञ्‍जालमा देखिएको विकृति रोक्‍न निर्देशिका ल्याउन लागिएको जानकारी दिए । 

‘पछिल्ला दिनहरूमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा उत्तेजक र व्यक्ति केन्द्रित अभिव्यक्ति दिने काम भइरहेको छ,’ उनले भने, ‘सम्मानित अदालत र राष्ट्रपतिविरुद्ध सामाजिक सन्जालमा अभिव्यक्ति दिने र त्यसलाई केही अनलाइनले समेत राख्‍ने गरेका पाइएको छ । लोकतान्त्रिक शासन पद्धतिमाथि प्रहार गर्ने, हिंसा फैलाउने, मुलुकलाई मुडभेडतर्फ धकेल्ने खालका अभिव्यक्ति र त्यसलाई सार्वजनिक गर्ने माध्यमका काम खेदजनक छन् ।’

सरकारले ल्याउन थालेको सामाजिक सञ्जाल निर्देशिकाले विकृति रोक्न मद्दत गर्ने उनले बताए ।