केपी ओली छटपटिएर, आत्तिएर विक्षिप्त छन् : दाहाल (भिडियाेसहित)

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपालमा ठूलो राजनीतिक भूमरिमा फस्ने बताएका छन् । नेपालबाट अन्तराष्ट्रिय सञ्चार माध्यमका लागि काम गर्दै आएका पत्रकारहरुसंग मंगलबार काठमाण्डौमा भएको भेटमा दाहालले बाहिर सुन्नमा आएजस्तै सेटिङ अनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनीतिक भूमरिमा फस्ने बताएका हुन् । उनले आफूहरु संविधानको अक्षर र भावना अनुसार नै न्यायलयबाट निर्णय आउने विश्वस्त रहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले संविधान भन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ भनेर आफूलाई नलागेको दाहालको भनाइ छ । उनले ओलीको कदम अनुसार नै भयो भने आफूहरुले गम्भीर रुपमा विचार गर्नुपर्ने अवस्था सृजना हुने बताए । उनले असंवैधानिक र अलोकतान्त्रिक कदम अनुसारको निर्वाचन पनि अलोकतान्त्रिक र असंवैधानिक नै हुने तर्क गरे ।
'यदि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वच्छेचारी कदमलाई सदर गरियो भने देश निकै ठूलो राजनीतिक भूमरिमा नेपाल पर्छ ।संवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिइसकेपछि त्यसको मातहतमा आयोजना हुने निर्वाचन पनि असंवैधानिक र अवैधानिक नै हुन्छ,' दाहालले भने, 'यदि प्रधानमन्त्रीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जे भन्यो त्यही मान्ने मान्छे ठान्नुभएको छ भने निकै ठूलो भ्रम हो भन्ने हाम्रो भनाइ छ । यदि सेटिङ नै भए जसरी निर्णय भयो भने हामी गम्भीर ढंगले सोच्छौँ । त्यो निर्वाचनलाई हामी सहज ढंगले लिन सक्ने स्थिति हुदैन । नैतिक रुपले अनि राजनीतिक रुपमा निकै ठूलो प्रश्न खडा हुन्छ । हामी निर्वाचन विरोधी होइनौ र हुनैसक्तैनौ तर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जबरजस्ती भनियो भने त्यो अबैधानिक, असंबैधानिक र अलोकतान्त्रिक निर्वाचनका बारेमा हामीले गम्भीर रुपमा विचार गर्नुपर्ने नै हुन्छ ।'
दाहालले प्रधानमन्त्री ओली आफैँले प्रतिगमन गरेर आफैँ प्रतिगमनका विरुद्ध सभा आयोजना गर्नु आश्चर्यजनक रहेको टिप्पणी गरे । उनले सरकारको संविधान विरोधी कदमविरुद्ध आफूहरु संघर्षमा लाग्नु स्वभाविक भएपनि सरकारपक्षले नै सभा गरेर तेश्रो जनआन्दोलन सुरु भयो भन्नु लोकतन्त्रविरुद्धको उपहास भएको बताए । उनले प्रधानमन्त्री ओलीले राज्यशक्तिको दुरुपयोग र प्रतिष्पर्धामा उत्रिएको पनि बताए ।
'प्रधानमन्त्री आफैले सभा गर्ने र ती सभाबाट तेश्रो जनआन्दोलन सुरु भयो भनेर प्रधानमन्त्री नजिकका मान्छेहरुले सभामा बोल्ने, प्रतिगमन विरोधी तेश्रो जनआन्दोलन भन्ने । यो अनौठो कुरा नेपालमा देखियो,' उनले भने, 'सायद पहिलो पटक देखियो प्रधानमन्त्री आफैँ विरोधमा उत्रने । केको विरोधमा हो ? यो अनौठो र अस्वभाविक छ । यो लोकतन्त्रविरुद्धको उपहास जस्तो लाग्छ । एउटा प्रहसन जस्तो लाग्छ । हामी प्रतिष्पर्धामा होइनौँ । छटपटिएको चाहिँ प्रधानमन्त्री हो । उहाँ आत्तिनुभएको छ । अहिले उहाँ विक्षिप्त भएको जस्तो हामीले महसुस गरेका छौ ।'
प्रधानमन्त्रीले निरंकुश ढंगले आफ्नो शासन लम्ब्याउन खोजेको र त्यो पुरा नहुने ठोकुवा दाहालले गरे । उनले मुलुकमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तराष्ट्रिय समुहदायसँग समर्थनका लागि अपिल पनि गरिएको बताए । 'यसबीचमा हाम्रो अलग-अलग सबैसँग कुरा भइरहेको छ । भारतसँग, चीनसँग, अमेरिकासँग, युरोपियनहरुसँग पनि कुरा भइरहेको छ,' उनले भने, 'हामीले सार्वजनिक अपिल पनि गरेका छौ अन्तराष्ट्रिय समुदायलाई, नेपालमा लोकतन्त्रको हत्या भईरहेको छ लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन नेपाली जनतालाई चाहियो भनेर औपचारिक अपिल गरेका छौँ । अलग-अलग भेटेर कुरा पनि गरेका छौ ।'

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिक्रिया