रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्न खोजेकै हो त ?
काठमाडौँ : नेकपा (दाहाल-नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीमाथि प्रहरीले निगरानी बढाएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध गोरखाको सिराञ्चोकमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई इंकित गरेर विवादास्पद अभिव्यक्ति दिएपछि झाँक्रीलाई पक्राउ गर्न माग गर्दै नेकपा (ओली समूह) निकट अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो । सोही ज्ञापनपत्रका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको हो ।
उनीमाथि भीभीआइपीलाई गालीगलौज गरेको अभियोगमा प्रहरीको साइबर ब्यूरोले निगरानी बढाएको छ । ‘अनेमसंघले राष्ट्रपति संस्थाप्रति गालीगलौज गरेको भन्दै ज्ञापन पत्र बुझाएको थियो । सोही आधारमा प्रहरीले सोधीखोजी गर्न खोजेको हो कि ?,’ गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले इकागजसँग भने, ‘गृहले त्यो विज्ञप्ती प्रहरीलाई पठाइको थियो ।’
झाँक्रीले केही दिनअघि नेकपा सिरानचोक गाउँ कमिटी गोरखाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीको चरित्रमाथि नै प्रश्न उठाएकी थिइन् । ‘राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे ! उनले भनेकी थिइन्, ‘त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ‘नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि म पनि भारी हुन सकौँला। नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो। मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरु गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ।’
झाँक्री भने अहिले बाग्लुङमा छिन् । तपाइँलाई त प्रहरीले खोजीरहेको छ रे नि भन्ने इकागजको प्रश्नमा उनले भनिन्, ‘म बाग्लुङमा छु उता राजधानी तिर खोजी गरेका होलान् । म आज राति काठमाडौँ फर्कन्छु त्यसपछि बाग्लुङतिर खोज्छन् होला ।’
यता नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने झाँक्रीविरुद्ध पक्राउपुर्जी जारी नभएको बताए । ‘उहाँलाई पक्राउ गर्नै भनेर पक्राउपुर्जी त जारी भएको छैन । साइबर ब्यूरोले खोजेको होला ।’

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिक्रिया