दाहाल-नेपालद्वारा प्रदर्शनमा सहभागी हुन आग्रह (भिडियोसहित)

काठमाडौँ : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले बुधबार राजधानीमा प्रदर्शन गर्दैछ ।
विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । सो समूहको केन्द्रीय सङ्घर्ष समितिले आज जारी गरेको विज्ञप्तिअनुसार त्यस दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।
उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालले भिडियो सन्देशमार्फत् प्रदर्शनमा सहभागी हुन जनसमुदायलाई आह्वान गरेका छन् । यसअघि उक्त समूहले यही माघ ९ गते पनि राजधानीमा प्रदर्शन गरेको थियो ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिक्रिया