एथलेटिको म्याड्रिड र चेल्सीबीचको खेल बुकारेस्टमा हुने

काठमाडौँ : युरोपियन फुटबल संघ (युईएफए) ले च्याम्पियन्स लिगको अन्तिम १६ का खेलहरु सञ्चालन हुने स्थान पक्का गरेको छ । कोभिड-१९ का कारण स्पेन, जर्मनी लगायतका मुलुकले यात्रामा प्रतिबन्ध लगाएका कारण केही खेलहरु ‘न्यूट्रल भेन्यू’ तर्फ सारिएको हो ।
युईएफएका अनुसार स्पेनी क्लब एथलेटिको म्याड्रिड र प्रिमियर लिग क्लब चेल्सीबीचको खेल रोमानियाको राजधानी बुकारेस्टमा आउँदो फेब्रुअरी २३ मा खेलाइनेछ । स्पेनले इंगल्यान्डबाट आउने यात्रुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि च्याम्पियन्स लिग खेल सारिएको हो । पूर्वतालिका अनुसार खेल एथलेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोटिानो रंगशालामा हुने थियो । दोस्रो लेगको खेल भने चेल्सीको स्टाम्फोर्ड ब्रिजमै हुनेछ ।
त्यस्तै इंगल्यान्डकै म्यानचेस्टर सिटी पनि च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनल खेल्न तटस्थ मैदान पुग्नेछ । सिटीको बोरुसिया मन्चुनग्लाडबागसँगको खेल फेब्रुअरी २४ मा बुडापेस्टको पुस्कास ऐरेनामा सञ्चालन हुनेछ । उता लिभरपुल र अर्को जमृन प्रतिद्वन्द्वी आरबी लाइपजिगबीचको खेल पनि बुडापेस्टको पुस्कास ऐरेनामै हुनेछ । लाइपजिगको घरेलु रेडबुल ऐरेनामा हुने भनिएको खेल फेब्रुअरी १६ मा हंगेरीको राजधानीतर्फ सारिएको हो । जर्मनीले बेलायतबाट हुने यात्रामा प्रतिबन्ध लगाएपछि अन्तिम १६ को पहिलो लेगको खेल स्थान्तरण गरिएको हो ।
त्यसैगरी युरोपा लिगका केही खेलहरु पनि न्यूट्रल भेन्यूतर्फ सारिएको छ । पोर्चुगिज क्लब बेनफिका र आर्सनलबीचको खेल इटालीको रोममा हुनेछ । युरोपियन क्लब फुटबलमा दोस्रो श्रेणीको लिग मानिने युरोपाको अन्तिम ३२ को पहिलो लेगको खेलमा बेनफिका र आर्सनल फेब्रुअरी १८ मा रोमको ओलम्पिक रंगशालामा आमनेसामने हुनेछन् । पोर्चुगल पुगेर फर्कने बेलायतीले अनिवार्यरुपमा १० दिन आइसोलेसनमा रहनुपर्ने भएपछि बेनफिका र आर्सनलबीचको खेल रोममा सञ्चालन गरिने भएको हो ।
उता म्यानचेस्टर युनाइटेड भने स्पेनी क्लब रियल सोसिडाडको चुनौति सामना गर्न इटालीकै टुरिन पुग्नेछ । युभेन्टसको घरेलु मैदानमा हुने सो खेल फेब्रुअरी १८ मा खेलाइनेछ । युरोपा लिगकै मोल्डे र होफनहाइनबीचको खेल स्पेनको भिल्लारियलमा हुनेछ । स्विडीस मोल्डे र जर्मन टोलीबीचको खेल स्पेनी क्लब भिल्लारियलको घरेलु मैदान एस्टाडियो डे ला सेरामिकामा फेब्रुअरी १८ मा खेलाइनेछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया