पोर्चुगलमा अल्सरबाट थलिएका काभ्रेका युवा घर फर्किए

पोर्चुगल : काभ्रेपलाञ्चोकका ३१ वर्षीय रवीन्द्र गौतम बिरामीका कारण पोर्चुगलबाट नेपाल फर्किएका छन् । विगत चार वर्षदेखि पोर्चुगलमा बस्दै आएका गौतमलाई अल्सर र मानसिक समस्याबाट पीडित भएकाले गैरआवासीय नेपाली संघ पोर्चुगलको सहयोगमा बुधबार नेपाल पठाइएको हो ।
संघका अनुसार उनले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएका थिए । केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको संघका अध्यक्ष तिलक गैरेले जानकारी दिएका छन् । संघले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो । रासस

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

प्रतिक्रिया