बालिका बलात्कारमा संलग्न एक महिलासहित दुई पक्राउ
डिस्ट्रिलरीका सञ्चालक रेग्मीको हत्या आरोपमा उनकै आफन्त पक्राउ

जनकपुरधाम : बालिका बलात्कारमा संलग्न रहेको आरोपमा एक महिलासहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको हो ।
धनुषाको लक्ष्मिनिया गाउँपालिकाकी १३ वर्षीया बालिकालाई गत असारदेखि पटक-पटक जबरदस्तीकरणी गरेको आरोपमा स्थानीय शम्भु भन्ने ओमनारायण यादव र घटनामा सघाएको आरोपमा महिला मुस्कान खातुनलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभट्टकाअनुसार असारदेखि कात्तिकसम्म पीडितकै घरमा डेरागरी बस्दै आएकी मुस्कानले बालिकालाई आफ्नो कोठामा सुताउँदै आएकी थिइन् । सोही क्रममा अभियुक्त भनिएका ओमनारायणलाई घरमा बोलाई जबरदस्तीकरणी गर्न सघाएको प्रहरीको भनाइ छ ।
बालिका गर्भवती भएपछि घटना सार्वजनिक भएको र पीडितको जाहेरीको आधारमा आरोपितहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाट्टले जानकारी दिए । अनुसन्धानको क्रममा आरोपितहरूले कसुर स्वीकार गरिसकेको र म्याद थप गराई थप अनुसन्धान भइरहेको उनले बताए ।
डिस्ट्रिलरीका सञ्चालक रेग्मीको हत्या आरोपमा उनकै आफन्त पक्राउ
त्यस्तै उदयपुरको क्षिरेश्वरनाथ नगरपालिका-७ स्थित क्षिरेश्वर डिस्ट्रलरीका सञ्चालक त्रियुगा नगरपालिका-७ का प्रमोद रेग्मीको हत्या आरोपमा उनकै आफन्त (नातामा सालो पर्ने) निरज खातीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटना संकास्पद रहे पनि अनुसन्धानको क्रममा डिस्ट्रिलरीका संचालक सदस्यसमेत रहेका निरजलाई सबुत प्रमाणसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाट्टले बताए ।
शेयर लगानीको विवादमा निरजले प्रमोदलाई अत्यधिक मदिरा सेवन गराई बाँसको भाटाले प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी उनले दिए । पीडित परिवारको जाहेरीपछि प्रदेश र जिल्ला प्रहरीले संयुक्त रूपमा अनुसन्धान गर्दै जाँदा हत्या भएको पुष्टि भएको उनले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया