भारत र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट आजदेखि

काठमाडौँ : भारत र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि सुरु हुँदै छ । बिहान पौने १० बजेदेखि चेन्नेईमा खेल सुरु हुनेछ । चार खेलको टेस्ट क्रिकेट सिरिजमा इंग्ल्याण्ड १-० ले अघि छ । पहिलो टेस्ट २२७ रनको भारी अन्तरले जितेको इंग्ल्याण्ड दोस्रो टेस्टमा पनि सोही लयलाई जारी राख्ने योजनामा छ ।
इंग्ल्याण्डका कप्तान जोय रुट राम्रो लयमा देखिएका छन् । उनले भारतविरुद्ध पहिलो टेस्टमा दोहोरो शतक बनाएका थिए । भारतका कप्तान विराट कोहली पनि लयमा फर्किएकाले दोस्रो टेस्टमा उसले आफ्नो स्तरअनुसारको प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

प्रतिक्रिया