आर्सनलको शानदार जित, म्यानचेष्टर युनाईटेडको बराबरी

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शानदार जित हात पारेको छ । पिर्रे एमरिक आयुबाम्याङले ह्याट्रिक गरेको खेलमा आर्सनलले लीड्स युनाईटेडलाई ४-२ गोलले हराएको हो ।
आर्सनलको जितमा ह्याट्रिक गरेका आउबाम्याङले खेलको १३, ४१ र ४७ औँ मिनेटमा गोल गरे । एक गोल भने हेक्टर बेलेरिनले गरे । यस्तै लीड्सका लागि पास्कल इस्टुज्रिक र हेल्डर कोस्टाले गोल गरे । जितसँगै आर्सनल २४ खेलबाट ३४ अंकसहित लिगको १० औँ स्थानमा छ । हार व्यहोरेको लीड्स भने २३ खेलबाट ३२ अंकसहित लिगको ११ औँ स्थानमा छ ।
प्रिमियर लिगकै अर्को खेलमा म्यानचेष्टर युनाईटेडले वेष्ट ब्रोमिचसँग बराबरी खेलेको छ । आइतबार राती भएको खेलमा म्यान्युले वेष्ट ब्रोमिचसँग एक एक गोलको बराबरी खेलेको हो । खेल सुरु भएको दुई मिनेटमै एमबाय डिग्नीले गोल गरेपछि वेष्ट ब्रोमिचले अग्रता लिएको थियो ।
पहिलो हाफको ४४ औँ मिनेटमा म्यानेष्टर युनाईटेडका लागि ब्रुनो फर्नाण्डेजले बराबरी गोल गरे । पहिलो हाफ बराबरीमा सकिदा दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा अंक बाड्न बाध्य भएका हुन् ।
बराबरीले पनि म्यान्चेष्टर युनाईटेड २४ खेलबाट ४६ अंकसहित दोस्रो स्थानमा उक्लिन सफल भएको छ । समान अंक भएपनि लेस्टर सिटी गोल अन्तरका आधारमा तेस्रो स्थानमा धकेलिएको छ । शनिबार राती लिभरपुलमाथि शानदार जित निकालेको लेस्टर सिटी केही समयका लागि दोस्रो स्थानमा थियो । ४० अंकसहित लिभरपुल चौथो स्थानमा छ । वेष्ट ब्रोमिच भने रेलिगेसन जोनमा छ ।
२३ खेलबाट ५३ अंक जोडेको म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया