लिखित जवाफ लिएर सर्वोच्च जाँदै चार पूर्वप्रधान न्यायाधीश

काठमाडौँ : चार पूर्वप्रधान न्यायाधीशहरूले आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्ने भएका छन् । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अपहेलना मुद्धामा पूर्वप्रधान न्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुशीला कार्कीलाई सात दिनभित्र आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएपछि आज उनीहरूले ११ बजेपछि लिखित जवाफ पेश गर्न लागेका हुन् ।
लिखित जवाफमा पूर्वप्रधान न्यायाधीश अनुपराज शर्माको भने अलि छुट्टै जवाफ र अन्य तीन पूर्वप्रधान न्यायाधीशको एकै किसिमको जवाफ रहेको छ । सस्तो लोकप्रियताका लागि कलुसित सोचबाट आफुहरूबिरुद्ध रिट दायर भएको पूर्वप्रधान न्यायाधीश शर्माको लिखित जवाफमा उल्लेख गरेको स्रोतले इकागजलाई बताएको छ । आफु लोकतान्त्रिक पद्धति र स्वतन्त्र न्यायापालिका लागि ४३ वर्षभन्दा बढी कानुनी क्षेत्रमा पसिना बगाएको पूर्वप्रधान न्यायाधीश शर्माले उल्लेख गरेका छन् । निवेदकले झुटो दाबीसहित रिट दायर गरेकाले खारेज गर्न चार चार पूर्वप्रधान न्यायाधीशले माग गरेका छन् ।
सर्वोच्चमा मुद्दाको सुनुवाइ चलिरहेका बेला चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ती निकालेर प्रतिनिधि सभा विघटन असंवैधानिक भएको धारणा सार्वजनिक गरेका थिए । अदालत शब्द समेत उल्लेख नगरी विज्ञप्ति जारी गरेका पूर्वप्रधानन्यायाधीशले अदालतको मुद्दालाई प्रभावित पार्न खोजेको भन्दै केहीले आलोचना गरेका थिए ।
अधिवक्ता धनजित बस्नेतले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजिएको भन्दै चार पूर्वप्रधानन्यायाधीशविरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

प्रतिक्रिया