ओली महाराजा बन्न लालायित भए : डा. कोइराला

सुनसरी : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली महाराजा बन्न लालायित भएको बताएका छन् । कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता डा.कोइरालाले प्रधानमन्त्री ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? भन्दै प्रश्न गरे । "के महाराजा बन्न लालायित भएको ? राजाहरूले झैं म जे भन्छु त्यही कानुन हो भन्न खोजेको ?" डा. कोइरालाले भने ।
राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपाभित्र एउटा गुटको भुमिका नि्वाह गरेकाले मुलुक बर्बादीतर्फ लागेको बताए। उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आएको बताए । सरकारको असंवैधानिक कदमको विरुद्धमा आफुहरूले संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरूलाई दबाब अथवा आग्रह नगरेको डा. कोइरालाको भनाइ थियो ।
"संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमुर्तिहरूले आफ्नो विवेक नगुमाई निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी विस्वस्त छौं" डा. कोइरालाले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया