प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजदेखि एमीकस क्युरीको बहस

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा जारी सुनुवाइमा आजदेखि एमिकस क्युरी बहस सुरु हुने भएको छ । सोमबार रिट निवेदकको जवाफी बहस सकिएपछि आजदेखि अदालतको सहयोगी अर्थात एमिकस क्युरीअन्तर्गत विज्ञ कानुन व्यवसायीले बहस गर्न लागेका हुन् ।
एमिकस क्युरी अन्तर्गत पाँच जना विज्ञ कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गीता पाठक, पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गर्ने भएका हुन् ।
प्रतिनिधि सभा विघटनका विषयमा स्वतन्त्र रुपमा स्थापित राष्ट्रिय तथा अन्तराष्ट्रिय नजीरलाई हेरेर विज्ञ कानुन व्यवसायीले आफ्नो राय दिनेछन् । जसले न्यायाधीशसलाई फैसला गर्न सहयोग पुग्ने विश्वास गरिन्छ ।
यसअघि हिजो रिट निवेदकका तर्फका कानुन व्यवसायीले बहस गरेका थिए । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसका विरुद्ध सर्वोच्चमा परेका दर्ता भएका दर्जन बढी रिटमाथि गएको माघदेखि सुनुवाइ भइरहेको छ ।
पक्ष र विपक्ष दुवै तर्फका बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा नेतृत्वको संवैधानिक इजलासले छिटो फैसला सुनाउने तयारी गरेको छ ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिक्रिया