विघटनविरुद्ध जनता समाजवादी पार्टीले ९ फागुनमा मुलुकभर प्रदर्शन गर्ने

काठमाडौँ : जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटनविरुद्ध फागुन ९ गते मुलुकभर विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले विघटनविरुद्धका कार्यक्रमलाई निरन्तरता दिंदै थप कार्यक्रम घोषणा गरेको हो ।
बैठकले ९ गते देशभरिका सम्पूर्ण महानगर/उपमहानगर/नगर/गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिएका छन् ।
खतिवडाद्वारा जारी विज्ञप्तिमा त्यसैदिन काठमाडौँको रत्न पार्कमा पार्टी निकट सबै भ्रातृ तथा जनसंगठनहरू र पार्टीका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समितिले संयुक्त आन्दोलन गर्ने उल्लेख छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया