गाउँपालिका उपाध्यक्ष विष्टले राजीनामा नदिएको अदालतको ठहर
बागमती : उच्च अदालतले मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजीनामा नदिएको फैसला गरेको छ ।
अदालतले विष्टलाई उपाध्यक्षको हैसियतमा नियमित कामकाज गर्नमा अवरोध नगर्न गाउँपालिकालाई आदेश समेत दिएको छ । उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश महम्मद साविर हुसेन र चण्डीराज ढकालको संयुक्त इजलासले मनिला विष्टले राजीनामा दिएको कुरालाई खारेज गरिदिएको विष्टकोतर्फबाट बहस गरेका अधिवक्ता मदनकुमार दाहालले जानकारी दिए ।
अदालतले विष्टले राजीनामा दिएको भन्ने कुरा प्रमाणित नभएको भन्दै नियमित कार्यमा रोकतोक हुनु नहुने बताएको अधिवक्ता दाहालले ताए । फैसलापछि कुरा गर्दै उपाध्यक्ष विष्टले अदालतले आफूप्रति न्याय गरेको बताइन । 'मैले राजीनामा दिएकै थिएन, मप्रति अन्याय भएको थियो, अदालतले मलाई न्याय दियो,' उनले भने ।
मनहरी गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै जना तत्कालीन नेकपा(एमाले) बाट विजयी भएका हुन् । गाउँपालिकाका क्रियाकलाप सञ्चालनका क्रममा केही समयदेखि दुवै जनाबीच मतभेद उत्पन्न भएको थियो । मतभेदकैबीचमा गत मङ्सिर २९ गते उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको खबर सार्वजनिक भएको थियो ।
गत पुस १९ मा गाउँपालिका अध्यक्ष एकलाल उप्रेतीले राजीनामा स्वीकृत गरिएको जनाएका थिए । कार्यपालिकाले माग गरेकाले राजीनामा स्वीकृत गरिएको उनको भनाइ थियो । रासस

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि
४७ व्यापारीविरुद्ध मुद्दा दायर
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
अब सुकाजोरबासीलाई गाउँमै खानेपानी

प्रतिक्रिया