भागरथी र दिनेश नजन्मिँदै भएको त्यो घटना

धनगढी : बैतडीकी किशोरी भागरथी भट्टको हत्या गरेको अभियोगमा १८ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरिसकेको छ । दिनेशले भागरथीको हत्या गरेको साविती बयान दिएको दाबी प्रहरीको छ । दुई परिवारबीच विगतमा मनमुटाव भएको र प्रतिशोध साध्न दिनेशले हत्या गरेको दाबी पनि प्रहरीले गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘दिनेश भट्टले दुई परिवारबीच विगतमा विवाद भएको र बदलाको भावले यो अपराध गरेको साबिती बयान दिएका छन् ।’ दिनेशले आफ्नो परिवारको महिला सदस्यमाथि भागरथीका बुवाले वर्षौँ पहिले यौन दुर्व्यवहार गरेको र सोही कारण भागरथीको हत्या गरेको बयान अनुसन्धानमा संलग्न अधिकारीहरुलाई दिएका थिए ।
दिनेश र भागरथीको परिवारबीच विगतमा उक्त विषयमा विवाद भएको गाउँलेहरुले बताएका छन् । भागरथीका काका शिवराज भट्टले इकागजसँग भने, ‘भागरथीका बुवामाथि दुर्व्यवहारको आरोप लागेको कुरा मैले पनि सुनेको थिएँ । झण्डै ३०/३५ वर्ष अगाडि जबरजस्तीकरणीको मुद्दा चलेको र भागरथीका बुवालाई जेल सजाय पनि भएको सुनिन्थ्यो ।’
भागरथी र आरोपित किशोर दिनेश जन्मिनुभन्दा अगाडि भएको उक्त घटनाको बदला दिनेशले अहिले लिए होलान त ? भन्नेमा आशंका भने व्यक्त गरिएको छ । भागरथीकी आमा दुरा भट्टले पनि पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी छन् । ‘घटना भएको दिन दिनेश घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ । उसले देखिन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । दिनेश भागरथीको भाइ हो, मेरो छोरो पर्छ । एक्लैले कसरी मार्यो भागरथीलाई ?’ भागरथीकी आमा दुराले भनिन् ।
यता दिनेशले भने भागरथीका परिवारसँग पनि आफूले नै हत्या गरेको कुरा बताएका छन् । भागरथीको शव बुझ्न अस्वीकार गरेपछि प्रहरीले परिवारका सदस्यलाई दिनेशसँग भेटाएर कुराकानी गर्न लगाएकोमा सो क्रममा उनले भागरथीको हत्या गरेको बताएको मृतकका काका शिवराज भट्टले बताए । २१ माघमा वेपत्ता भएकी भागरथीको शव २२ माघमा फेला परेको थियो । पोष्टमार्टममा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

प्रतिक्रिया