सुदूरपश्चिम

भागरथीकी आमा भन्छिन्, दिनेश घाम छँदै घर आएको थियो, उसले कसरी मार्‍यो ?

इकागज |
फागुन ५, २०७७ बुधबार १८:१४ बजे

काठमाडौँ : बलात्‍कारपछि हत्‍या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टकी आमा द्रोपदी भट्टले प्रहरीले सार्वजनिक गरेको अभियुक्तले आफ्नो छोरीको हत्या गरेको भन्ने कुरामा विश्‍वस्‍त नरहेको प्रतिक्रिया दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा भाइरल उनको भिडियोमा प्रहरीले बुधबार सार्वजनिक गरेकाे अभियुक्त दिनेश भट्टले नै हत्या गरेको आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिएकी हुन् ।

भिडियोमा उनले भनेकी छन्, ‘घटना भएको दिन दिनेश घाम छँदै घर आएको थियो । मैले उसलाई भारगथीलाई देखिस् भनेर पनि सोधेकी थिएँ । तर, उसले देखेन भन्यो । आज उसैले हत्या गर्‍यो भनिरहेका छन् । मैले धकेलेर मारेको हुँ भन्‍यो रे ! एक्लैले कसरी मार्‍यो ? ऊ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । आन्दोलनमासमेत थियो । धेरैले उसलाई सोधे देखिनँ भन्थ्यो । भागरथी जेठी हो । ऊ भाइ हो ।'


भट्टको बलात्‍कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेशलाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको थियो। उनी भागरथी अध्ययन गर्ने विद्यालय सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत थिए । भागरथी सोही विद्यालयको कक्षा १२ मा पढ्थिन । उनले अपराध स्वीकार गरेको प्रहरीले बताएको छ । भागरथी माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा जंगलमा फेला परेको थियो ।


Author

थप समाचार
x