किन चाहियो छन्दुमा महाबाणिज्य दूतावास ?

काठमाडौँ : लामो समयको प्रयत्नपछि सरकारले चीनको सिचुवान प्रान्तको छन्दु (चेन्दु) मा कूटनीतिक नियोग स्थपनासँगै त्यहाँ पठाउने कर्मचारीको बैदेशिक भत्ता र दरबन्दी स्विकृत गरेको छ ।
हुनत यसअघि नै सरकाले गत पुषमा नै छन्दुमा महाबाणिज्य दूत तोकिसकेको थियो । कूटनीतिक नियोग थपघट गर्न पटक-पटक कार्यदल बनाएर अध्ययन गरेको तर अनावश्यक स्थानमा नियोग थप्ने काम भइरहेको विगतलाई पछ्याउँदै सुटुक्क सरकारले त्यस्तो निर्णय लिएको हो ।
सरकारले गत पुस २० मा बसेको मन्त्रिपरिषदको बैठकले नेपाली महावाणिज्य दूतावास, छन्दुको स्वीकृत दरबन्दी अनुसार कूटनीतिक कर्मचारीका लागि वैदेशिक भत्ता र स्थानीय कर्मचारीका लागि पारिश्रमिक तोक्ने निर्णय अहिले गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएसँगै महाबाणिज्य दूतावास खुल्ने विषय बाहिर आएको हो ।
उनले फरक-फरक तीन मन्त्रीपरिषदको एकमुष्ट जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा छन्दुमा दरबन्दी र बैदेशिक भत्ता तय भएको बताएका हुन् । तर, कति भत्ता तय भएको खुलाइएको छैन । ल्हासाको सरह सुविधा र भत्ता दिइएको परराष्ट्र अधिकारीले जानकारी दिए ।
अन्य मुुलुकले तिब्बतलाई ल्हासामा बसेर नियाल्न स्थान नपाएपछि ल्हासाबाट नजिक पर्ने भूभाग छन्दुमा महावाणिज्य दूतावास खोलेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा महावाणिज्य दूतावास खोल्ने निर्णय घुसाएका परराष्ट्र अधिकारीले विगत पाँच वर्षदेखि त्यहाँ महाबाणिज्य दूतावास स्थापना गर्न लागि परेका थिए । त्यही अनुरुप अहिले सरकारले छन्दुको लागि दरबन्दी तोक्दै खर्च समेत तय गरेको हो ।
सरकारको पछिल्लो निर्णयअनुसार छन्दुमा महावाणिज्य दूतावास स्थापना हुनेछ । तिब्बतमा महाबाणिज्य दूतावास खोल्न नपाएका मुलुकले छन्दुमा बाणिज्य दूतावास खोलेका छन् । तर नेपालको त तिब्बतमा महाबाणिज्य दूत रहेकाले त्यहाँ आवश्यक नभएको बारम्बार सुझाव पाए पनि त्यसलाई लत्याएर मन्त्रालय अघि बढेको हो ।
चीन भ्रमण जानेलाई स्वगत गर्ने र घुमाउने बाहेक खासै काम नहुने भएपनि पोस्टिङ मानसिकता र अन्य नियोगसँग हेलमेल हुन छेन्दुमा महाबाणिज्य दूतावास खोल्न लागेको परराष्ट्रका एक अधिकारीले बताए । चीनले नै छन्दुमा किन खोल्न पर्याे भन्दै लामो समयदेखि रोकेर राखेको भएपनि नेपालको लगातार ढिपीले स्वीकृती दिएपछि गत मंसिरमा नै यो प्रक्रिया अघि बढेको हो ।
छन्दुमा खोल्न लाग्दा चीनले नै आफ्नो व्यापारिक सहर क्वाङ्चाओ (गोन्जाओ) मा महावाणिज्य दूतावास खोल्न नेपाल सरकारलाई सुझाएको थियो । त्यही सुझाव अनुरुप सरकाले चार वर्ष अघि नै गोन्जाओमा बाणिज्य दूतावास खोलिसकेको छ । तर, पुनः छेन्दुमा खोल्न अर्थ र परराष्ट्र मन्त्रालयका कर्मचारीको स्वार्थले काम गरेको बाहेक अन्य कुनै तुक नभएको परराष्ट्रका केही अधिकारीहरू नै बताउँछन् ।
‘विदेशीको महावाणिज्य दूतावास अति नै धेरै रहेकाले त्यहाँ खोल्न वाञ्छनीय हुन्छ। चीन सरकारले नेपाललगायत मुलुक हेर्न सिचुवान प्रान्तलाई छानेको र सहकार्य पनि बढ्दै गएकाले त्यहाँ आवश्यक देखिन्छ,’ मन्त्रालयले पहिले सुझावमा भनेको थियो । अन्य मुलुकले भने तिब्बतमा महावाणिज्य दूतावास राख्न नपाएपछि छन्दु तय गरेको विषय लुकाएका थिए ।
हुनपनि सन् २०१६ यताका उच्चस्तरीय भ्रमणमा मन्त्रालयले त्यहाँ महावाणिज्य दूतावास खोल्ने विषय नेपाल-चीन संयुक्त वक्तव्यमा घुसाउँदै आएको र चिनियाँ राष्ट्रपति सिको भ्रमणमा पनि यो विषय पारेका थिए । अन्य मुुलुकले तिब्बतलाई ल्हासामा बसेर नियाल्न स्थान नपाएपछि ल्हासाबाट नजिक पर्ने भूभाग छन्दुमा महावाणिज्य दूतावास खोलेका छन् ।
छन्दुमा अमेरिका र युरोपेली केही मुलुकका महावाणिज्य दूतावास छन् । परराष्ट्र र अर्थ मन्त्रालयका कर्मचारीले राजनीतिक नेतृत्वलाई फरक विश्लेषण गर्दै त्यहाँ धेरै मुलुकको वाणिज्य दूतावास रहेकाले नेपाल छुट्न नहुने तर्क गर्दै खोल्न पर्नेमा जोड दिँदै आएका थिए ।
‘विदेशीको महावाणिज्य दूतावास अति नै धेरै रहेकाले त्यहाँ खोल्न वाञ्छनीय हुन्छ। चीन सरकारले नेपाललगायत मुलुक हेर्न सिचुवान प्रान्तलाई छानेको र सहकार्य पनि बढ्दै गएकाले त्यहाँ आवश्यक देखिन्छ,’ मन्त्रालयले पहिले सुझावमा भनेको थियो । अन्य मुलुकले भने तिब्बतमा महावाणिज्य दूतावास राख्न नपाएपछि छन्दु तय गरेको विषय लुकाएका थिए । राजनीतिक नेतृत्वले यस्ता विषयमा ध्यान दिने समय पनि छैन ।
छन्दु हेर्न ल्हासामा एक जना अधिकृत थप गरेको भए हुनेमा संरचना सहित त्यहाँ बस्नु भनेको अनावश्यक खर्च मात्र हो ।
तिब्बतमा रहेको नेपाली महावाणिज्य दूतावासबाट छेन्दु टाढा छैन तर पनि सरकारले जनताको करको दुरुपयोग गर्दै अनावश्यक रुपमा दरबन्दी तय गरेको छ । एउटा नियोग खोल्न ५ करोड रुपैयाँभन्दा बढी खर्च लाग्छ । वार्षिक नियमित खर्च (तलब, भत्ता, घरभाडा, मसलन्द, अन्य सेवासुविधा र विभिन्न कार्यक्रम) गरी ३ करोडभन्दा बढी खर्च हुने गर्छ ।
यतिबेला गोन्जाओस्थित महावाणिज्य दूतावास उपयोगविहीन रहँदा समेत त्यसको कुनै अध्ययन नै नगरी छन्दुमा महाबाणिज्य दूतावास खोल्ने निर्णयमा पुगेका हुन् । छन्दु हेर्न ल्हासामा एक जना अधिकृत थप गरेको भए हुनेमा संरचना सहित त्यहाँ बस्नु भनेको अनावश्यक खर्च मात्र हो ।
सरकारले अढाई वर्षअघि न्युयोर्कका महावाणिज्यदूतलाई फिर्ता गरेर यस्ता कार्यमा ध्यान पु¥याउने भनेको भए पनि चीन तर्फ यसरी बाणीज्य दूतावास खालिरहनुले सरकारको दोहोरो चरित्र स्पष्ट रहेको बताइएको छ । नेपालको ३० मुलुकमा दूतावास, तीन स्थानमा राष्ट्रसंघीय स्थायी नियोग र ६ स्थानमा महावाणिज्य दूतावास छन् । ६ महावाणिज्य दूतावासमध्ये तीनवटा चीनमै छन् र अहिले पनि चीनमा नै थपिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया