म्यानचेष्टर युनाईटेड र टोटनहमको प्रभावशाली जित

काठमाडौँ : युरोपा लिग फुटबलमा म्यानचेष्टर युनाईटेड र टोटनहमले प्रभावशाली जित निकालेका छन् । बिहीबार राती भएको खेलमा पहिलो लेगको खेलमा प्रिमियर लिग क्लब युनाईटेडले स्पेनिस क्लब रियल सोसिडाडलाई ४-० गोलले हराएको हो ।
युनाईटेडलाई जिताउन ब्रुनो फर्नाण्डेजले दुई तथा मार्कुस रसफोर्ड र डेनियल जेम्सले एक एक गोल गरे । जितसँगै युनाईटेडले अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । यस्तै प्रिमियर लिग क्लब टोटेनहमले जर्मन क्लब वुल्फबर्गलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
टोटनहमका लागि सङ मिन हङ, ग्यारेथ बेल, लुकास मौर्रा र कार्लोस भिन्सियसले गोल गरे । वुल्फबर्गका लागि माइकल लेन्डीलले सान्तवना गोल गरे ।

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

प्रतिक्रिया