मुख्यमन्त्री राउत भन्छन्- 'केन्द्रको निर्णय हो, जो आए पनि स्वागत गर्छौं'

काठमाडौँ : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख पदमुक्त र नयाँ नियुक्तको विषयमा केन्द्रको निर्णय मान्ने बताएका छन् । इकागजसँग फोनमा कुरागर्दै मुख्यमन्त्री राउतले प्रदेशमा जो-जस्तो व्यक्ति प्रमुख बनेर आएपनि स्वागत गर्ने प्रतिक्रिया दिएका हुन् ।
'केन्द्र सरकारले निर्णय गरिसकेको छ, के भन्नू ? हामी जो सुकै प्रमुख आएपनि स्वागत गर्छौं,' मुख्यमन्त्री राउतले भने । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार परियारलाई पदमुक्त गरेर डा.राजेश झालाई नयाँ प्रमुखमा नियुक्त गरेकी छन् ।
सत्तारुढ नेकपामा देखिएको फुटले प्रदेशको प्रमुख परिवर्तन गरेको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ । राउत जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री भएका व्यक्ति हुन् । प्रदेश दुईको सत्तारुढ दल पनि यो समाचार तयार पार्दासम्म केही बोलेको छैन । अर्कोतर्फ प्रदेश प्रमुख पदमुक्त र नयाँ नियुक्ति गरेको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया